कतारबाट १६१ जना नेपाली डिपोर्ट

असार २४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारले १ सय ६१ जना नेपाली बुधबार डिपोर्ट भएका छन् । उनीहरुलाई कतार सरकारले आफ्नै हवाई खर्चमा नेपाल ल्याइदिएको हो ।

कतारले विभिन्न सजाय पाएका र आवासीय कानुन उल्लंघन गरेर बसेकोलाई नेपाल पठाएको हो । उनीहरु पुनः कतार जान पाइने छैन । 

कतारले नेपाली दूतावासलाई स्वदेश लैजानका लागि हवाई अनुमति मागेको थियो । यसअघि जेल सजाय पाएका ४१ जना नेपालीलाई  डिपोर्ट गरिएको थियो ।

कान्तिपुर

Link copied successfully