कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओली-दाहालबीच जुटेन सहमति, भोलि फेरि बस्ने

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । 

ओली-दाहालबीच जुटेन सहमति, भोलि फेरि बस्ने

आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

छलफलमा सहभागी अर्का एक नेताका अनुसार दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो । 'राष्ट्रपतिलाई महाभियोग लगाउने भन्नेबारे पनि छलफल भएको थियो । अध्यक्ष दाहालले आफू निकट नेताहरूबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताउनुभयो,' ती नेताले भने, 'अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोध्नुभएको थियो ।'

पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।

बालुवाटारमा भएको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए ।

नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रकाशित : असार २१, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?