कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चिनियाँ नेतासँगको भिडियो कन्फरेन्समा दाहालले भने- 'सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिन्नौं'

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष  पुष्पकमल दाहालले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर नेकपाभित्र विवाद भैरहेका बेला अध्यक्ष दाहालले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भिडियो कार्यशालामा अमेरिकाको नाम नलिई पार्टी नीतिबारे यस्तो बोलेका हुन् । 

चिनियाँ नेतासँगको भिडियो कन्फरेन्समा दाहालले भने- 'सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता लिन्नौं'

दाहालले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने नीतिबारे भने, ‘संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै स्वीकार्य छैन । नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं ।’दाहालसहित नेकपामा धेरै नेता यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा छैनन् ।

यसबाहेक दाहालले भारतको नाम नलिई उसँगको सीमा विवादमा नेपालको पोजिसनबारे पनि बोलेका छन् । नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको भन्दै दाहालले द्विपक्षीय विषय संवादबाट समाधान गर्न सकिने बताए । ‘मित्र राष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं । तर, वार्ता र संवाद सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै हुन्छ,’दाहालको भनाई थियो, ‘नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित छ ।’

दाहाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याए । दाहालले भूकम्पमा जस्तै चीनले कोभिड–१९ को महामारीमा नेपाललाई सहयोग गरेकोमा प्रशंसा गरे । नेपाल र चीन सुख र दुःखका मित्र भएको उनको भनाई थियो । दाहालले कुनै पनि देशले कोरोना भाइरसबारे राजनीति गर्न नहुने बताए । दाहालले कोभिड– १९ को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

प्रकाशित : असार ५, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?