२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जनकपुरमा सरकारविरोधी प्रदर्शन

जनकपुर — कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको भन्दै जनकपुरमा तीनै तहका सरकारविरुद्ध प्रदर्शन भएको छ । क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न नसकेको सरकारले लकडाउनको अवधिमा उद्योगधन्दा तथा व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा कर बुझाउन उर्दी जारी गरेको र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै युवा तथा व्यापारीले बिहीबार प्रदर्शन गरेका हुन् ।

जनकपुरमा सरकारविरोधी प्रदर्शन

युवाहरुले 'जनतालाई छैन सरकारको आश, सरकारलाई चाहियो जनताको लाश', 'कार्पेट हैन सोच बदलौं', 'पैसा छैन गोजीमा सरकार करको खोजीमा' लगायतका नाराहरु लेखिएको प्ले कार्डसहित जनकचोक र शिवचोकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


गरिब, मजदुर तथा व्यापारी लगायतका वर्गका लागि राहतको समेत सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै यथाशीघ्र यसका लागि पहलकदमी लिन सरकारसँग माग गरेका हुन् । ‘सरकारले अब अति गरिसक्यो । यो सरकारको अन्त्य निश्चित छ महामारीको बेला पनि सरकार कमिसन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रह्नु एकदमै दुःखद हो,’ प्रदर्शनमा उत्रेका व्यवसायी सरोज मिश्रले भने । सरकारलाई सही बाटोमा ल्याउनका लागि विरोध गरेको बताउँदै उनले माग पूरा नभए अन्य विरोधका अन्य कार्यक्रम पनि गर्ने प्रदर्शनमा उत्रिएका युवाहरुले बताए ।

बिहीबार नै काठमाडौंमा पनि सरकारी रवैयाको विरोधमा प्रदर्शन गरिएको थियो ।


प्रकाशित : जेष्ठ २९, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?