जेठ ३२ गते बंगलादेशबाट २ सय ६५ जनालाई नेपाल ल्याइने

होम कार्की

काठमाडौँ — बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपाली आउने टुंगो लागेको छ । पहिलो उडानमा नेपाल आउने यात्रुको नामवाली तय भएको छ । जसमा अधिकांस मेडिकल विद्यार्थी र नेपाली सेना रहेका छन् ।

जेठ ३२ गते बंगलादेशबाट २ सय ६५ जनालाई नेपाल ल्याइने

ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड-१९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ । ‘जेठ ३२ गते बंगलादेशबाट नेपाल एयरलाइन्सबाट नेपाली पठाउने निश्चित भएको हो,’ दूतावासका उपप्रमुख धनबहादुर ओलीले कान्तिपुरलाई भने ।

नेपाल आउनको लागि १९ हजार ९ सय ५८ रुपैयाँ तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ ।

बंगलादेशबाट नेपाल फिर्नको लागि ८६० जनाले आवेदन दिएका छन् । दूतावासले दोस्रो उडानको लागि पनि सूची बनाइसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?