जेठ ३२ गते बंगलादेशबाट २ सय ६५ जनालाई नेपाल ल्याइने

जेष्ठ २६, २०७७

होम कार्की

काठमाडौँ — बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपाली आउने टुंगो लागेको छ । पहिलो उडानमा नेपाल आउने यात्रुको नामवाली तय भएको छ । जसमा अधिकांस मेडिकल विद्यार्थी र नेपाली सेना रहेका छन् ।

ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड-१९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ । ‘जेठ ३२ गते बंगलादेशबाट नेपाल एयरलाइन्सबाट नेपाली पठाउने निश्चित भएको हो,’ दूतावासका उपप्रमुख धनबहादुर ओलीले कान्तिपुरलाई भने ।

नेपाल आउनको लागि १९ हजार  ९ सय ५८ रुपैयाँ तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ ।

बंगलादेशबाट नेपाल फिर्नको लागि ८६० जनाले आवेदन दिएका छन् । दूतावासले दोस्रो उडानको लागि पनि सूची बनाइसकेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully