एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

जेष्ठ २५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक मंगलबार ४ बजेलाई बोलाइएको बताए ।

पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ । 

एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन्  । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

कान्तिपुर

Link copied successfully