२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

द्रुतमार्गको काम दोस्रो चरणमा

काठमाडौँ — मुलुकको संघीय राजधानी र तराई क्षेत्रलाई जोड्ने सबैभन्दा छोटो दूरीको काठमाडौं–मधेस द्रुतमार्गको काम दोस्रो चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । जेठ २ गते उक्त द्रुतमार्गको अन्तर्राष्ट्रिय परामर्श दाताको रुपमा कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन (कोरिया जेभी) को छनोट गरि सम्झौता गरेको थियो । 

द्रुतमार्गको काम दोस्रो चरणमा

‘योसँगै द्रुतमार्गको काम दोस्रो चरणमा प्रवेश गरेको छ,’ द्रुतमार्ग आयोजनाका प्रमुख तथा सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले बुधबार भने । उनका अनुसार परामर्शदाताको छनोटपछि यसै साताबाट उनीहरु आएर काम थाल्नु पर्नेमा कोरोना भाइरसको संक्रमणको कारण आउन नसकेका हुन् । ‘कोरोना भाइरसको संक्रमणले गर्दा द्रुतमार्गको काममा केही असर गरेको छ, तर हाम्रो योजनाअनुसार २०८१ सालको असार मसान्तसम्म भने सकिन्छ,’ उनले भने ।

काठमाडौंबाट बाराको निजगढसम्म करिब एक घन्टामै पुग्ने गरी उक्त सडक निर्माण गर्न लागिएको हो । ७२.२ किलो मिटर उक्त द्रुतमार्गमा ६.४९ किलोमिटर सुरुङ मार्ग र १०.५९ किलोमिटर पुल हुन्छन् । बाँकी ५५.५ किलोमिटर भने सडक हुनेछ । आयोजना प्रमुख श्रेष्ठले आयोजनालाई तोकिएको समयमै सक्नको लागि सेनाले ११ भागमा कामलाई विभाजन गरिएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १४, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?