१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

संसदको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेस नहुने

काठमाडौँ — संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस नहुने भएको छ ।
आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

संसदको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेस नहुने

बुधबारको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो ।

तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । किन हटाइएको हो भन्ने उनले जानकारी नभएको बताए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै दलहरूबीच सहमति गर्नका लागि सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा कांग्रे‍सले तत्काल निर्णय गर्न नसकिने बताएको थियो । उसले केन्द्रीय समिति बैठकले संविधान संशोधनबारे निर्णय लिने जानकारी दिएको थियो भने राजपा र समाजवादीले संविधान संशोधनमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने अडान दोहोर्‍याएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह गरेका थिए । उनले राजपा र समाजवादीले उठाएको संविधान संशोधनको माग पछि छलफलमा लैजाने बताएका थिए ।

संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले संविधान संशोधनमा सर्वसम्मति जुटाउन आग्रह गरेको थियो ।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन विधेयक आएको हो । नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन हुन लागेको हो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?