कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

खोटाङमा २० वर्षीय युवालाई कोरोना संक्रमण

डम्बरसिंह राई

खोटाङ — खोटाङमा एक जना युवालाई कोरोना संक्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ बस्ने २० वर्षीय युवामा कोरोना संक्रमण देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले कान्तिपुरलाई बताए ।

खोटाङमा २० वर्षीय युवालाई कोरोना संक्रमण

नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब संकलन गरेर धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो । पीसीआर परीक्षणका क्रममा ती युवामा कोरोना संक्रमण देखिएको प्रजिअ शर्माले बताए ।

ती युवा वैशाख १२ गते काठमाडौंबाट घर आएका थिए । वैशाख १० देखि १३ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाले काठमडौंबाट १३ सय १८ जना आफ्ना नगरवासीलाई ल्याएको थियो ।

प्रजिअ शर्माले अहिले कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए । 'युवालाई आज हामी आइसोलेसनमा राख्छौं । भोलि मंगलबार विरानटगरस्थित कोभिड अस्पतालमा पठाउने तयारी गरिरहेका छौं,' प्रजिअ पौडेलले भने ।

प्रकाशित : जेष्ठ ५, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?