बहराइनमा थप ७४ नेपाली संक्रमित

जेष्ठ ४, २०७७

होम कार्की

काठमाडौँ — बहराइनमा थप ७४ नेपाली कोरोना भाइरसबाट संक्रमित भएको छन् । योसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या ३३१ जना पुगेको छ । जसमा १७ महिला छन् ।

मनामास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जना नेपाली संक्रमित भएका हुन् ।बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले क्‍वारेन्टाइनमा राखिएको नेपाली कामदारको परीक्षण गर्दा पोजिटिभ देखिएको बताए । ‘सबैको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने ।

बहराइनमा २ लाख ३४ हजार ९ सय ९८ जनाको परीक्षण गरिएकोमध्ये ६ हजार ९ सय ३० जना संक्रमित भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । २ हजार ७ सय ७४ जना निको भइसकेका छन् । मृतकको संख्या १२ पुगेको छ । बहराइनले कोभिड परीक्षणका लागि ९ वटा अस्पताल छुट्याएको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully