कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दार्चुलाको छाङरुमा बीओपी स्थापना

काठमाडौँ — सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।  

दार्चुलाको छाङरुमा बीओपी स्थापना

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।

बीओपीका लागि चाहिने हातहतियार,बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई-१७ हेलिकप्टर खलंगाबाट छाङरु गएको थियो । छाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।

बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ । बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ । चिसोका कारण सितापुलमा रहेको प्रहरी टोली खलंगा झरेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?