कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

कांग्रेस सांसद बडूको प्रश्‍न : प्रधानमन्त्री आफ्नो उत्तराधिकारी बन्दोबस्त गर्नमै व्यस्त हो कि के हो ?

काठमाडौँ — कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चालु अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बडूले चालु अधिवेशनको सुरुको दिनदेखि नै प्रधानमन्त्रीलाई संसद्मा नदेखिएको उल्लेख गर्दै यसबारेमा संसद्‍मा जानकारी गराउन माग गरेका हुन् । 

कांग्रेस सांसद बडूको प्रश्‍न : प्रधानमन्त्री आफ्नो उत्तराधिकारी बन्दोबस्त गर्नमै व्यस्त हो कि के हो ?

सांसद बडूले नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलनका लागि भइरहेको खिचातानीप्रति इंगित गर्दै आफ्नो उत्तराधिकारीको बन्दोबस्त गर्नै प्रधानमन्त्री व्यस्त भएको हो कि भनेर प्रश्न गरे । ‘प्रधानमन्त्रीजी चालु अधिवेशनको सुरुको दिनदेखि नै संसद्मा देखिनु भएको छैन । अनुपस्थित हुनुहुन्छ । मिडियाहरुबाट थाहा भएअनुसार उहाँले आफ्ना उत्तराधिकारीका रुपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो । आफ्नो उत्तराधिकारी आफैले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो । वर्तमान संविधानमा देखिएन,’ उनले भने, ‘यो बन्दोबस्तीमा व्यस्त भएका कारण उहाँ अनुपस्थित हुनुभएको हो कि अन्य महत्वपूर्ण कार्यमा व्यस्त भएका कारण हो संसद्मा जानकारी गराउनुपर्दछ ।’

शुक्रबारदेखि सुरु भएको संसद्को बजेट(वर्षे) अधिवेशनमा प्रिबजेट छलफल तथा कोरोना महामारी तथा लिपुलेकमा भारतले सडक बनाएको विषयमा छलफल भइरहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?