नेविसंघका अध्यक्षसहित सयभन्दा बढी पक्राउ

काठमाडौँ — नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहित सयभन्दा बढी पक्राउ परेका छन् ।

नेविसंघको आयोजनामा सोमबार मण्डलामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । लकडाउनबीच प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महमन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भटराई, प्रभात दाहालसहित नेता, कार्यकर्ता पक्राउ परेका हुन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।