मलेसियामा थप २५ नेपाली कामदार संक्रमित

वैशाख २६, २०७७

होम कार्की

काठमाडौँ — मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।

विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको हो । २ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ । त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन ।  

उक्त उद्योगमा अप्रिल ५ तारिखमा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully