कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

स्वास्थ्यकर्मीको अथक् प्रयासले कोरोना संक्रमितलाई निको बनाएर पठाइरहेका छौं : डा. पोखरेल

आरडीटी पोजिटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ५६ जनाको ट्रेसिङ सम्पन्न

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीहरुको सहयोग र लगनशीलताले कोरोनाविरुद्ध लड्न सहज भइरहेको बताएका छन् । 

स्वास्थ्यकर्मीको अथक् प्रयासले कोरोना संक्रमितलाई निको बनाएर पठाइरहेका छौं : डा. पोखरेल

मन्त्रालयमा सोमबार आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा डा.पोखरेलले स्वास्थ्यकर्मीको अथक् प्रयासले हालसम्म १६ जना कोरोना संक्रमित निको भएको उल्लेख गरेका हुन् । 'स्वास्थ्यकर्मी मात्र होइन यसमा प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला सबैको उत्तिकै साथ र सहयोग प्राप्त भएको छ', उनले भने ।

उनका अनुसार विराटनगरको कोसी अस्पतालमा सबैभन्दा धेरै ३१ जना कोरोना संक्रमित उपचाररत छन् । डा पोखरलेले पर्याप्त मात्रामा लोजिस्टिक नभए पनि कोसी अस्पतालले उदाहरणीय काम गरेको बताएका छन् । उनले कोभिड उपचार गर्ने धौलागिरि अस्पताल, पाटन अस्पताल, टेकु अस्पताल, सेती अस्पताल, नारायणी अस्पताल लगायतले प्रशंसायोग्य काम गरेको बताए ।

जोखिम हुँदाहुँदै लगनशील भएर स्वास्थ्यको ख्याल नगरी खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको चिन्ता नगरीकन काममा खट्न मन्त्रालयले आग्रह गरेको छ ।

आरडीटी पोजिटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ५६ जनाको ट्रेसिङ सम्पन्न

डा पोखरेलले स्वास्थ्यकर्मीमा पनि कोभिडको जोखिम देखिएकोमा मन्त्रालयले गम्भीर रुपमा लिएको बताए । मन्त्रालयका अनुसार उनीहरुसँग सम्पर्कमा आएकाको ट्रेसिङ कार्य भइरहेको जनाएको छ । केही दिनअघि दुई जना स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा आरडीटी पोजिटिभ देखिएको थियो । पछि पीसीआर विधिबाट परीक्षण गर्दा भने नेगेटिभ पाइएको थियो ।

हालसम्म ५६ जनामा ट्रेसिङ कार्य गरेर जाँच गरिसकेको जनाएको छ । यदि कोही छुटेका छन् भने मन्त्रालयले सम्पर्कका लागि ११३३ र १११५ मा सहजीकरण गर्न अनुरोध गरेको छ । डा पोखरेलले अन्य स्वास्थ्यकर्मी जो फ्रन्टलाइन र आइसोलेसनमा काम गरिराखेकालाई कोभिडको शंका लागेको खण्डमा आवश्यकताअनुसार उनीहरुले दुवै विधिबाट परीक्षण गर्न सक्ने बताए ।

प्रकाशित : वैशाख १५, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?