कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन : राजेन्द्र महतो

नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी पत्याउने ? : बाबुराम भट्टराईको प्रश्न
मातृका दाहाल

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफ्ना सांसद डा.सुरेन्द्र यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् ।

प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन : राजेन्द्र महतो

महानगरीय प्रहरी परिसर टेकुबाट टेलिफोन सम्पर्कमा महतोले प्रहरीले न उजुरी दर्ता न अस्वीकार कुनैपनि निर्णय नलिएको बताए । ‘प्रहरीले न दर्ता, न दरपीठ, कुनै एकमा त निर्णय गर्नु पर्‍यो नि,’ महतोले कान्तिपुरसँग भने, ‘यसरी अलमल्याएर राख्न मिल्छ ?’सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोपमा निवर्तमान आइजीपी सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध किटानी जाहेरी लिएर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमीलगायतका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि 'यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढ‌ंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?' भनी ट्विट गरेका छन् ।

यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ

— Baburam Bhattarai (@brb1954) April 26, 2020

पार्टीका अर्का नेता केशव झाले प्रहरीले मुद्दा दर्ता नगरी आफूहरुलाई डेढ घन्टादेखि पर्खाइरहेको बताएका छन् ।


प्रकाशित : वैशाख १४, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?