कुवेतमा थप ६ नेपाली कोरोना संक्रमित

वैशाख १३, २०७७

होम कार्की

काठमाडौँ — कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो । पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ ।

शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ । जसमा सबैभन्दा बढी भारतीय कामदार संक्रमित भएको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully