कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

प्रधानमन्त्री ओलीद्वारा कतारमा रहेका नेपाली नागरिकप्रति चासो व्यक्त 

वैशाख ११, २०७७
प्रधानमन्त्री ओलीद्वारा कतारमा रहेका नेपाली नागरिकप्रति चासो व्यक्त 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपाली नागरिकहरु प्रति बिहीबार त्यहाँका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलजिज अल थानीसँग टेलिफोन संवाद गरी चासो व्यक्त गरेका छन् ।

कतारमा अहिले ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त संवादमा प्रधानमन्त्री ओलीले कतारका प्रधानमन्त्री थानीसँग कोरोना भाइरसको संकटको बेलामा त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्‍न अरोपमा गिरफ्तार भएका १७ नेपालीको रिहाईप्रति पनि खुशी व्यक्त गर्दै धन्यवाद दिए । कतारका प्रधानमन्त्री थानीले त्यहाँ रहेका नेपालीको बारेको सुरक्षाको बारेमा चिन्ता नदिन ओलीलाई आश्वत पारेका थिए ।

प्रकाशित : वैशाख ११, २०७७ २१:५०
x
×