स्थायी कमिटी बैठकको माग गर्दै ओली-दाहाललाई बुझाए २० सदस्यले पत्र [पत्रसहित]

वैशाख १०, २०७७

बबिता शर्मा

काठमाडौँ — स्थायी कमिटीको बैठक माग गर्दै नेकपाका २० स्थायी कमिटी सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका छन् । 

बुधबार २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका हुन् । 

पत्रमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेलले हस्ताक्षर गरेका छन् । 

पार्टीमा कुनै छलफल नगरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको र यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको भन्दै छलफलका लागि सदस्यहरुले बैठक माग गरेका हुन् ।

पत्र बुधबार नै ईमेल मार्फत अध्यक्षद्वयलाई बुझाइएको नेता बेदुराम भुसालले बताए ।

सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश राष्ट्रपतिले जारी गरेकि थिईन् । अध्यादेश जारी भएपछि भएपछि नेकपा तरङ्गित छ ।

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully