कुवेतमा थप ५ नेपाली कोरोना संक्रमित

वैशाख १०, २०७७

होम कार्की

काठमाडौँ — कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।

कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्‍वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारलाई देखिएको छ ।

हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ जनालाई पोजिटिभ देखिएको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully