१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोनाविरुद्ध संसदको भूमिकाबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ — कोरोना भाइरसको संक्रमण बढ्दै गएको परिस्थितिमा संसदले कस्तो भूमिका खेल्ने भन्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।

कोरोनाविरुद्ध संसदको भूमिकाबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

संसदीय समितिहरूले बैठकका लागि अनुमति मागिरहेको अवस्थामा कसरी व्यवस्थित किसिमले बैठक बोलाउने भन्नेबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने तयारी भइरहेको सभामुखको सचिवालयले जनाएको छ । सरकारले चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमिततालगायतका विषयमा छलफल गर्नुपर्ने भन्दै समिति सभापतिहरूले सभामुखबाट अनुमति मागेका थिए । सभापतिहरूले संसदमा बैठक बस्न नसके पनि भिडियो कन्फ्रेन्समार्फत भएपनि बैठक बसेर सरकारलाई आवश्यक सुझाव र निर्देशन दिने भनेका थिए ।

समिति सभापतिहरूको माग पछि सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको त्यसपहिले प्रि-बजेट छलफल गर्नुपर्ने भएकाले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा यसबारे कसरी जाने भन्ने छलफल हुने बताइएको छ ।

संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार मंगलबार १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

प्रकाशित : वैशाख १, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?