कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सल्लाह नगरी संसद स्थगित गरिएको भन्दै कांग्रेस असन्तुष्ट

सरकार हतास मनस्थितिमाः खाँण
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी दललाई जानकारी नै नदिई संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयमा कांग्रेसले असन्तुष्टि जनाएको छ । 

सल्लाह नगरी संसद स्थगित गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कोराना भाइरसको संक्रमणविरुद्ध जुध्न राष्ट्रिय सहमति खोजिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसले सदनको दुवै सदन अन्त्य गर्ने सवालमा सरकारको निणर्यबाट दुःखी भएको जनाएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले सदनको चालु बैठक स्थगित गर्न निर्णय गरी राष्ट्रपतिकोमा सिफारिस गरेको थियो ।


प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यस निर्णयलाई सरकारको हतास मनस्थितिको उपज भनी टिप्पणी गरेका छन् । सामान्य अवस्थामा प्रमुख प्रतिपक्ष दलसँग सदन अन्त्यका बारेमा परामर्श हुने नजिर रहेको उल्लेख गर्दै यसपटक जानकारीसम्म नदिइएको उनले बताए ।


‘संकटको बेला सदनका सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नु पर्दथ्यो । अझ सदन अन्त्य गर्दा त प्रमुख प्रतिपक्षसँग समन्वय गर्ने परम्परा नै थियो,’ खाँणले भने, ‘सदन अन्त्य गर्ने बेलामा सरकार हतारिएको जस्तो देखियो ।’


पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन लकडाउनका कारण फागुन २९ गतेबाट बैठक बस्न सकेको थिएन । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने सवालमा सदनमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि फागुन २३ गतेको बैठकमा छलफल भएको थियो ।


‘हो, लकडाउनपछि बैठक बस्ने स्थिति थिएन, अहिलेको संकटबाट मुलक र जनतालाई जोगाउन सरकार एक्लैको सामर्थ्यबाट सकिने अवस्था छैन, प्रशस्त समय हुँदा सरकारले त्यसको किसिमको पूर्वाधारसमेत निर्माण गर्न सकेन,’ खाँणले भने, ‘संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्ने ठाउँमा सदनको अन्त्य एकलौटी रुपमा गरियो ।’

प्रकाशित : चैत्र २४, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?