काठमाडौँ — संघीय संसद्को पाँचौं अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ ।
राष्टट्रपति विद्यादेवी भण्डारीबाट संसद् सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन् । सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको हो ।
कोरोना भाइरस (कोभिड- १९)को संक्रमण हुने डरका कारण पछिल्लो समय प्रतिनिधिसभाका बैठक सूचना जारी गरेर सर्दै आएका थिए । राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रतिनिधिसभाको ३० गते बोलाइएको बैठक र राष्ट्रिय सभाको बैठक पनि अब बस्ने छैन । संसद्को पाँचौं अधिवेशन पुस ४ गते बोलाइएको थियो ।
