कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

चैत्र २१, २०७६
कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको छ ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कुवेतमा एक नेपालीसहित ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिइयो । कुवेतमा संक्रमितको भने संख्या ४१७ छ ।


कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।


प्रकाशित : चैत्र २१, २०७६ १५:३५
×