कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

चैत्र २१, २०७६

होम कार्की

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको छ ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कुवेतमा एक नेपालीसहित ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिइयो । कुवेतमा संक्रमितको भने संख्या ४१७ छ ।  


कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।  


होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully