१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा पत्रकार महासंघले लगाएको आरोपको खण्डन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले 'काठमाडौंप्रेस डटकम'मा प्रकाशित समाचार हटाइएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा पत्रकार महासंघले लगाएको आरोपको खण्डन

उनले फेसबुकमार्फत एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपागाण्डालाई सचिवालयले खारेज गरेको बताएका छन् । उनले महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षर गरिएको विज्ञप्ती झुठ र तथ्यहिन रहेको दाबी गरेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा तिनका छोराहरूलाई जबर्जस्ती तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण रवैया खेदजनक रहेको बताएका छन् ।

साथै उनले काठमाडाैंप्रेसका प्रधानसम्पादक कसमस विश्वकर्मासँग आफूले टेलिफोनमा कुरा गरेको सम्प्रेषित समाचारको उद्देश्यबारे चासो मात्रै राखेको स्पष्ट पारेका छन् ।'मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ,' उनले विज्ञप्तीमा भनेका छन्, 'भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो ।'

प्रकाशित : चैत्र २०, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?