विशेष राहत प्याकेज घोषणा गर्न कांग्रेस सभापति देउवाको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । 

उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग बिहीबार अनुरोध गरेका हुन् । सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गरेका छन् । प्रकाशित : चैत्र १३, २०७६ १७:३७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५८ जना फ्रान्सेली नागरिक बोकेर बुद्धको जहाज काठमाडौं फर्कियो

सुरज कुँवर

काठमाडौँ — बुद्धको जहाज ५८ जना फ्रान्सेली नागरिक बोकेर पौने ५ बजे काठमाडौं फर्किएको छ । उसले एक जना बृद्ध फ्रान्सेली महिलालाई भने ल्याएन । 

‘गृहले ५८ जनाको मात्रै अनुमति दिएकाले एक जना वृद्ध महिलालाई प्रहरीले जहाजमा राख्‍न नमिल्ने जनाउदै बोर्ड गर्न दिएन,’उक्त उडानसँग सम्बन्धित एक अधिकरीले भने, ‘प्रहरीले जहाजमा चढ्ने अनुमति नदिएपछि ती महिला विमानस्थलमै रुन थालिन हाम्रो ७२ सिट भएको जहाज ५८ जना मात्रै बोकर काठमाडौं फर्कियो।’

काठमाडौंस्थित फ्रान्सेली दूतावासले विमान चार्टर गरेको थियो। बिहान ९ बजे नै उड्नुपर्ने जहाज गृह,पर्यटनसहित तीन वटा मन्त्रालयको अनुमति प्रक्रियाको अल्झनका कारण ६ घन्टा ढिलो पोखराका लागि उडेको थियो।

फ्रान्सेली पर्यटक ७ बजे नै पोखरा विमानस्थलमा आइपुगेका थिए। हेलिकप्टरतर्फ बिहीबार ७ वटा चार्टर उडान भएका छन्।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : चैत्र १३, २०७६ १७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×