इराकमा मानव तस्करीमा परेका दुई नेपाली पक्राउ 

चैत्र १३, २०७६

होम कार्की

काठमाडौँ — इराकको स्वाशाासित राज्य कुर्दिस्तानको राजधानी अर्विलमा मानव तस्करीमा परेका दुई नेपालीलाई बुधबार पक्राउ गरिएको छ । 

सामान बोक्ने भ्यानको पछाडि अर्विल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट नियन्त्रण लिएको हो । उनीहरुलाई लैजाने डाइभर यसअघि नै गैरकानुनी काम गरेको भन्दै सजाय पाएका थिए ।  प्रहरीले ती युवालाई कताबाट ल्याइएको भन्ने खुलिसकेको छैन । 

ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुलाई कोरोना भाइरसको परीक्षणको लागि पठाइएको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully