३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्रीलाई गगनको पत्र : ‘यही तरिकाले संकटबाट पार पाउन्न सकिन्न’

काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ध्यानाकर्षण पत्र लेखेर सरकारले कोरोना भाईरस (कोभिड–१९) को महासंकटसँग जुध्न गरेको तयारी पर्याप्त नभएको बताएका छन् । 

प्रधानमन्त्रीलाई गगनको पत्र : ‘यही तरिकाले संकटबाट पार पाउन्न सकिन्न’

सरकारले अहिलेसम्म गरेका प्रयासको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले महासंकटसँग जुध्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।


‘यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण राउन यो पत्र लेखेको छु,’ थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा छ ।


उनले प्रमुखरुपमा संभावित संक्रमितहरुको परीक्षण संख्या बढाउनु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउनेदेखि काठमाडौं बाहिर पनि यो सेवा उपलब्ध गराउन सरकारले ढिला गर्न नहुने उनले सुझाएका छन् । उनले यसका लागि एक साताको लकडाउनको उपयोग गर्नुपर्ने पनि चिठीमा लेखेका छन् ।


थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रः










प्रकाशित : चैत्र १२, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?