१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोना रोकथाम कोषलाई राजपा सांसदले १५ दिनको तलब दिने 

काठमाडौँ — सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् । 

कोरोना रोकथाम कोषलाई राजपा सांसदले १५ दिनको तलब दिने 

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । उक्त निर्देशनअनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने राजपाका महासचिव केशव झाले जानकारी दिए ।


राजपाबाट संघीय संसद प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा २ सांसद छन् ।


सरकारले स्थापना गरेको कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशीकला दाहालले एक-एक महिनाको पारिश्रमिक जम्मा गराएका छन् । त्यस्तै, सत्ताधारी नेकपा र प्रतिपक्षी कांग्रेसले पनि सांसदहरूको १५-१५ दिनको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?