कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुम्बईबाट फर्किएका सय नेपाली पूर्वीनाकामा अलपत्र

पर्वत पोर्तेल

(काँकडभिट्टा) — भारतको मुम्बईबाट फर्किएका १४ विद्यार्थीसहित सय बढी नेपाली भारतको पानीट्यांकीमा अलपत्र परेका छन् । नाकाबन्दीका कारण उनीहरु आउन नसकेका हुन् ।

मुम्बईबाट फर्किएका सय नेपाली पूर्वीनाकामा अलपत्र

पानीट्यांकीस्थित एसएसवीले उनीहरुलाई परिचय पत्र देखाएर नेपालतिर जाने अनुमति दिए पनि नाकाबन्दी र 'लकडाउन'का कारण अलपत्र परेका हुन् । मेचीनगरकी उपमेयर मीना उप्रेतीले अलपत्र नेपालीलाई प्रवेश दिन गृहमन्त्रालयसँग समन्वय भइरहेको जनाइन् । उनले भनिन्,‘अलपत्र नेपालीलाई क्‍वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश गराउन अनुरोध गरेका छौं ।’उनका अनुसार अहिलेसम्म मन्त्रालयबाट कुनै निर्देशन आएको छैन ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले नेपालीहरु अलपत्र परिरहेको भए पनि उनीहरुलाई भारततिर बस्न अनुरोध गरिएको जनाए । भारतीय सुरक्षाकर्मीले नेपालीलाई राख्न चाहिरहेको छैन । ‘भारतले नेपाल जा भन्छन्’, एक विद्यार्थीले सुनाए,‘नेपालले आउन मिल्दैन भन्छ ।’ नाकाबन्दीका बाबजुत पनि सोमबार राति करिब २ हजारभन्दा बढी नेपाली आएका थिए ।

प्रकाशित : चैत्र ११, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?