चीन र भारतबाट भेन्टिलेटरलगायत सामग्री मगाइँदै

चैत्र ९, २०७६

अतुल मिश्र

काठमाडौँ — सरकारले चिकित्सा प्रयोजनका अत्यावश्यक समान चीन र भारत सरकारबाट मगाउने प्रक्रिया अगाडि बढाएको छ । यसअन्तर्गत २०० मनिटर, १०० भेन्टिलेटरसमेत छ ।

सरकारले चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटर लगायत चिकित्सा सामग्री दुवै छिमेकी मुलुकवाट ल्याउने प्रक्रिया सुरू गरेको हो । 'हामीले दुवै मुलुकसँग जी टु जी वा किन्ने गरी अत्यावश्यक चिकित्सा सामग्री ल्याउने प्रक्रिया सुरु गरेका छौं', स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।


उक्त सामग्री व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको छ । 

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully