कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देशसहित मस्जिदमा नमाज स्थगित

काठमाडौँ — सरकारले धेरै मानिसहरुको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ ।विश्वभरी कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।

‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ सन्देशसहित मस्जिदमा नमाज स्थगित

नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समिति तथा पञ्‍च कश्मीरी तकिया मस्जिद सञ्‍चालक समितिले स‌ंयुक्त रुपमा संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ ।


‘आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं’ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ । मस्जिदले आ—आफ्नो ठाउाबाट नमाज पढ्न पनि अनुरोध गरेको छ । कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?