मन्त्री त्रिपाठी नआएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

जयसिंह महरा

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी उपस्थित नभएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठक स्थगित भएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था’ गर्न बनेको विधेयकका बारेमा छलफलका लागि बुधबार दिउँसो एक बजेका लागि बैठक बोलाइएको थियो । तर महत्वपूर्ण बैठकमा मन्त्री त्रिपाठी अनुपस्थित भएपछि स्थगित गरिएको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिइन् । 

निजामती कर्मचारीको नियुक्ति र व्यवस्थापन गर्नका लागि प्रस्तुत गरिएको यो विधेयक करिब एक वर्षदेखि छलफलका क्रममा रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै त्रिपाठीले यसमा आफ्नो विरोध जनाइसकेका छन् । प्रदेशमा मुख्यसचिव र सचिव संघीय लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगले पठाउनेभन्नेबारे तथा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कसले पठाउने भन्नेबारेमा उनको मत र विधेयकमा गरिएको व्यवस्था बाझिएको छ । त्यस्तै कर्मचारी युनियनसम्बन्धी व्यवस्थामा पनि त्रिपाठीको फरक मत रहेको छ ।


यसअघिको बैठकमा विधेयक अध्ययनका लागि भन्दै मन्त्री त्रिपाठीले आजसम्मका लागि समय मागेका थिए । तर आजको बैठकमा आफू अस्वस्थ रहेको जानकारी दिँदै मन्त्री त्रिपाठी नआएको सभापति श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित : चैत्र ५, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

ददि सापकोटा

पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्‍जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब सिटामोल खरिद गर्न पनि चिकित्सकको सिफारिस चाहिने छ ।

कोरोनाभारसको संक्रमण बढ्दै जाँदा नागरिकले औषधि पसलबाट व्यापक रुपमा पारासिटामोल, ञ्‍जा मास्क खरिद गरिदिँदा स्वास्थ्य क्षेत्रमा अभाव सिर्जना भएको भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभाग पेरिसका महानिर्देश प्रध्यापक जेरोम सालामोँले सार्वजनिक गरेका छन्

फ्रान्समाहरेक दिन चिकित्सकहरुलाई कम्तीमा ६० लाख थान पञ्‍जाआवश्यक पर्ने, लाखौं बट्टा सिटामोल चाहिने नागरिकहरुले स्टक राख्‍न खरिद गरिदिँदा चिकित्सकहरुलाई अभाव भएकाले बन्देज गरिएको बताइएको

नागरिकहरुमाउचित तरिकाले ञ्‍जा मास्क लगाउने ज्ञान नहुँदा त्यसले भारस रोक्नुको साटो झन फैलाउन सक्ने म्‍भावना रहेकाले पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको सालामोँले बताए

यसैबी,कोरोना भारसको संक्रमणका बेला स्वास्थ्यकर्मीहरुले रातदिन खटेर स्वास्थ्य सेवा पुर्याएकाले तिनको मनोबल बढाउन, आदर सम्मानस्वरुप हरेक साँझ सात बजेदेखि आठ बजेसम्म झ्‍यालझ्यालबाट ताली बजाइने मंगलबार बिहानदेखि सामाजिक ञ्‍जालबाट यो अभियान सुरु गरिएको थियो साँझ सात बजे पेरिसका विभिन्न ठाउँमा नागरिकहरुले झ्याल खोलेर ताली बजाएका थिए उनीहरुले कोरोना भारसको संकट पूर्ण रुपमा नहटेसम्म यसलाई जारी राख्‍ने छन् यसअघि यस्तै अभियान स्पेनका नागरिकहरुले पनि चलाएका थिए

स्वास्थ्यसेवा विभाग, पेरिसका महानिर्देशक जेरोम सालामोँका अनुसार फ्रान्समा कोरोना भारस फैलिएपछि हालसम्म सात हजार सात सय ३० जनामा संक्रमण भएको तीमध्ये एक सय ७५ जना भएको भने सय ९० जना सघन उपचारमा छन् तीमध्ये सात प्रतिशत ६५ वर्षभन्दा कम उमेरका छन् सालामोँले हरेक तिनदिनमा कोरोनाबाट संक्रमितको संख्या तेब्बर हुने आगामी केही दिनसम्म यो प्रवृत्ति बढ्ने पनि सार्वजनिक गरेका छन्

प्रकाशित : चैत्र ५, २०७६ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×