कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

करिब ८० हजार मास्कसहित ८ जना पक्राउ

काठमाडौँ — महँगाेमा बेच्न लागिएको करिब ८० हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले शनिबार राजधानीको डल्लुबाट पक्राउ गरेको हो ।

करिब ८० हजार मास्कसहित ८ जना पक्राउ

उनीहरूको साथबाट ७८ हजार २ सय ५० वटा सर्जिकल मास्क बरामद गरिएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार मञ्जुश्री सप्लायर्सका मालिक र औषधि पसलमा पुर्‍याउने मध्यथस्कर्ताबीच ३/४ रुपैयाँ पर्ने मास्क बजारमा ५० रुपैयाँमा बेच्ने गरी मोलमोलाइ भइरहेका बेला उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ, काठमाडा‌ैं नागार्जुन–२ का अनिश कार्की, उज्ज्वल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का छन् ।

प्रकाशित : चैत्र १, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?