कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दाहालले भेटे राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् । दिउँसो दुई बजे शितलनिवास पुगेका दाहालले करिब एक घण्टा राष्ट्रपतिसँग भेट गरेको स्रोतले बताएको छ ।

दाहालले भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, कोरोना भाइरसको सम्भावित प्रकोप र नेकपामा देखिएको राजनीतिक खिचातानीलगायतका बिषयमा छलफल भएको स्रोतको दावी छ । स्रोतले भेटघाटको पुष्टि गरे पनि विषयबस्तु र समयअवधिबारे स्पष्ट गर्न चाहेन ।


दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री अहिले अहिले त्रिवि शिक्षण अस्पतालमै छन् ।


नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तदारुकता नदेखाएपछि नेकपाभित्र तनाव देखिएको छ । सचिवालयले मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनित हुने सीटमा गौतमलाई पठाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो । तर, प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअगाडि बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे कुनै निर्णय गराएका थिएनन् ।

प्रकाशित : फाल्गुन २८, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?