गीता छोएर कसम खाँदै कमल थापाले भने,'पार्टी फुट्न दिनेछैन '

फाल्गुन २८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई फुट्न र फुटाउन नदिने बताएका छन् । बुधबार राष्ट्रिय सभा गृहमा आयोजित दुई पार्टी एकीकरणको घोषणामा उनले गीतामाथि हात राखेर कसम खाँदै पार्टी फुट्‍न नदिने बताएका हुन् ।

उनले भने,'यो गीता हातमा राखेर कसम खान्छु कि म राप्रपालाई फुट्न दिने छैन ।'  यस्तै, उनले नेताको नभएर नीतिको पछाडि लाग्‍दा पार्टी कहिल्यै नफुट्‍ने बताए । 


कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन्। शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए। अब राप्रपामा ३ अध्यक्ष रहने छन् ।


नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ ।   

कान्तिपुर

Link copied successfully