भाइरस फैलिए चीनले सहयोग गर्ने

फाल्गुन २७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटमा मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी हुन् । 

राजदूत होउले नेपालमा भाइरस संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै त्यस्तो अवस्था आए सहयोगका लागि चीन तयार रहेको बताएकी हुन् ।

‘उहाँ (राजदूत होउ) ले कोभिड–१९ को संक्रमणबाट बच्‍न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्नुभयो । यसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबैखाले प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


भेटका क्रममा होउले उक्त संक्रमणबाट पीडित ८० हजार ९ सयमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जनाइन् ।

कान्तिपुर

Link copied successfully