श्रम स्वीकृति रोकिएको छैन : नेपाली दूतावास

फाल्गुन २२, २०७६

कान्तिपुर संवाददाता

कतारस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा आउने नेपाली कामदारको श्रम स्वीकृति नरोकिएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपालबाट आउन लागेका नेपालीहरुको श्रम स्वीकृति नरोकिएको जनाएको हो ।

श्रमस्वीकृति रोकिएको भन्‍ने भ्रम उत्पन्‍न भएपछि कतारमा कार्यरत नेपाली कामदारले घरबिदामा जाने वा नजाने विषयमा नेपाली दूतावासमा सोधपुछ गर्नेको संख्या बढेको थियो ।

 

दूतावासले सरकारले श्रमस्वीकृतिबारे कुनै निर्णय गरेमा दूतावासले यथाशिघ्र सूचना सम्प्रेषण गर्ने समेत उल्लेख गरेको छ । 


कान्तिपुर

Link copied successfully