कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका पठाउने लोभ देखाउँदै ठगी गर्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

खड्काले दिपक कार्की र विकास खड्काको नाममा अमेरिकी दूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएकाे छ । प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

खड्काले १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगेकाे पाइएको छ । पिडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटकपटक पैसा लिएको बताएका छन् ।

प्रहरीले खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?