उपरथी हमाल फोर्स कमान्डर नियुक्त  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनको फोर्स कमान्डरको रुपमा नियुक्त भएका छन् । उनलाई यूएनका महासचिव एन्टोनियो गुटेरेजले सोमबार यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको कमान्डरमा नियुक्त गरेका हुन् । नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने हमाल छैटौं जर्नेल भएका छन् ।


यसअघि वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापासहित पूर्व जर्नेलहरू बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्री शम्शेर राणा र पवन जंग थापाले पनि यूएन अन्तर्गत रहेर फोर्सको कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन्।


सन् २०१९ को जुनदेखि अक्टोबरसम्म उक्त कमान्डमा नेपालकै अर्का उपरथी शिवराज खरेलले कायम मुकायम फोर्स कमान्डरको रुपमा काम गरेका थिए। खरेलले सेनाबाट अवकाश पाइसकेका छन्।


सन् १९८३ मा सेनामा प्रवेश गरेका हमाल अहिले सेनाको कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीका प्रमुख छन्। उनले यसअघि मध्यपश्चिम पृतनाको नेतृत्व गरिसकेका छन्।


हमालले फोर्स कमान्डरको नेतृत्व गर्न लागेको यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको सन् १९७४ को मेमा यूएनको सुरक्षा परिषदले इजरायल र प्यालेस्टाइनबीचमा शान्ति सुरक्षा कायम राख्न संकल्प प्रस्ताव पारित गरेको थियो। हमालले नेतृत्वमा रहने फोर्सले इजरायल र प्यालेस्टाइनबीच हुने द्वन्द्वात्मक क्रियाकलापलाई निरीक्षण गर्नुपर्ने हुन्छ। उक्त डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको यूएनले हरेक ६/६ वर्षमा म्याद थप्दै आइरहेको छ।


फोर्स कमान्डरमा प्रतिस्पर्धाको लागि सेनाको सिफारिसमा नेपाल सरकारको स्वीकृत लिएर यूएनमा आवेदन दिनुपर्ने हुन्छ। विभिन्न मुलुकबाट आएको आवेदन र त्यसपछि हुने प्रतिस्पर्धामा अब्बल बन्दै फोर्स कमान्डरको नेतृत्व गर्न पाइन्छ। फोर्स कमान्डरले विभिन्न मुलुकका सैनिकहरुलाई परिचालन, निर्देशन र नियन्त्रण गर्छन्। प्रकाशित : फाल्गुन १३, २०७६ १६:२६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रियंका र आँचलको विशेष हप्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । यही साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि विवाह गर्दैछन् ।

दुई अभिनेत्रीका लागि यो हप्ता निकै विशेष बन्यो। अभिनेत्री प्रियंकालाई पछिल्लो समय ब्याचलर पार्टीका तस्बिर इन्स्टाग्राममा राख्न भ्याइ नभ्याई थियो।


मंगलबार प्रियंकाले हातमा मेहेन्दी लगाएकी छिन्। आयुष्मानलेसमेत आफ्नो हातमा मेहेन्दीले प्रियंकाको नाम लेखेका छन्। यतिखेर यी दुईलाई बधाई दिनेको ओइरो छ। लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले गत असारमा इन्गेजमेन्ट गरेका थिए।

आँचल र उदीप भने यही फागुन अन्तिमतिर बिहे गर्ने चर्चा छ।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×