कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सभामुख सापकोटाले भने- 'अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन'

संसद् बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित
जयसिंह महरा

काठमाडौँ — सभामुख अग्‍नि सापकोटाले अदालतमा विचाराधिन मुद्दा संसद्‍बाट निरुपण हुन नसक्‍ने भन्दै सदनमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन् । 

सभामुख सापकोटाले भने- 'अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन'

आइतबार प्रतिनिधिसभामा कांग्रेस सांसदले अवरोध जारी राखेपछि सभामुख सापकोटाले सदन अगाडि बढाएरमात्रै प्रभावकारी हुने बताए । 'यो बैठक अगाडि बढाएरमात्रै प्रभावकारी हुन्छ । संविधानमा अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था छ' उनले भने, 'तपाईंहरुले उठाउनुभएको मुद्दा संवैधानिक आयोगले अगाडि बढाएको र अदालतमा विचाराधिन मुद्दामा संविधानले स्पष्ट भनेकोले मैले यहाँ बोल्न मिल्दैन । सदन छलफल गर्ने एकमात्र थलो हो ।'

सापकोटाले अन्य सांसदले पनि बोल्न चाहिरहेको भन्दै आफूलाई सभामुख निर्वाचित हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको शुभकामना स्मरण गर्ने पनि आग्रह गरे ।

संसदीय दलका उपनेता विजय गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुद्दा दायर गरेपछि कांग्रेसले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । सदनमा धारणा राख्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अख्तियारले कानुन उपयोग विभेदपूर्ण ढंगले गरेकोमा आफूहरुको आपत्ति रहेको बताए । उनले भने, 'कानुनको नजरमा सबै समान हुन्छन् । हाम्रो नेतालाई कारबाही भयो भन्‍नेमा आपत्ति होइन । विभेदपूर्ण व्यवहारमा आपत्ति हो ।

कांग्रेसले बैठकको सुरुमै ढ्याप ढ्याप गरे पनि आज सभामुखले समय दिएन । कांग्रेसले अवरोध गर्न नछाडेपछि संसद् बैठक पर्सि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित : माघ २६, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?