कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेकपाले गठन गरेको एमसीसी कार्यदलको बैठक सुरु

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदललेल काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो । उक्त कार्यदलको बैठक सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको हो।

नेकपाले गठन गरेको एमसीसी कार्यदलको बैठक सुरु

नेकपाको केन्द्रीय समिति बैठकले आइतबार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो ।


पार्टीभित्र ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षका मानिन्छन् भने रावलले एमसीसीको विरोधमा केन्द्रीय समिति र स्थायी समितिमा फरक मत राखेका नेता हुन् । यो कार्यदललाई १० दिनको म्याद दिइएको छ ।


कार्यदलले एमसीसीको सम्बन्ध अमेरिकी सैन्य रणनीतिक परियोजना इन्डो प्यासिफिकसँग छ कि छैन ? नेपालको हीतमा छ कि छैन ? लगायतको अध्ययन गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।

सडक र विद्युत परियोजनामा लगानी गर्नका लागि अमेरिकाले ५० अर्बभन्दा बढी सहयोग गर्न लागेको हो । उक्त परियोजनाका कतिपय बुँदामा नेकपाभित्र मतभिन्नता छ ।

प्रकाशित : माघ २०, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?