१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एमसीसी अध्ययन गर्न नेकपाले बनायो कार्यदल

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । 

एमसीसी अध्ययन गर्न नेकपाले बनायो कार्यदल

कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य छन् । पार्टीभित्र ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षका मानिन्छन् भने रावलले एमसीसीको विरोधमा केन्द्रीय समिति र स्थायी समितिमा फरक मत राखेका छन् ।

खनालको नेतृत्वमा कार्यदल बनाउने प्रस्ताव आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ल्याएको थियो । सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रिय सभागृहमा बसेको बैठकले पारित गरेको हो । समितिलाई १० दिनको समय दिइएको छ ।

प्रकाशित : माघ १९, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?