३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संसद्‌मा देउवाले भने- 'एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं'

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग तत्काल संसद्‌बाट पारित गर्न सरकारसँग माग गरेका छन् । 

संसद्‌मा देउवाले भने- 'एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं'

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ दिनेक्रममा मंगलबार सभापति देउवाले विभिन्न शंका-उपशंका गर्न छाडेर एमसीसी पास गर्नतिर लाग्नु पर्ने बताएका हुन् । देउवाले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले एमसीसीको अनुदान स्वीकार गर्ने निर्णय गरेको स्मरण गराए । 'म प्रधानमन्त्री हुँदा एमसीसी क्याबिनेटले पास गरेको हो । धेरै अगाडिदेखि सुरु भएको यो परियोजनाले नेपाललाई धेरै सहयोग मिलेको छ', उनले भने, 'कुनै हालतमा रोक्नु हुँदैन । छिटो पास गरौं ।'


सभापति देउवाले एमसीसीलाई सरकारले संसद्‌बाट छिटो पारित गराउने भने पनि नभएको आपत्ति जनाए । 'सरकारले हुन्छ भनेको छ तर किन भइराखेको छैन ।' अमेरिकी यति ठूलो सहयोग पहिलोपटक आउन लागेको भन्दै देउवाले यससँग सैनिकको विषय नजोडिएको प्रस्ट्याए । नेपालको बिजुली बेच्ने हो भने अमेरिकी सहयोग स्वीकार्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।

प्रकाशित : माघ १४, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?