ढिलाइको कारण दक्ष कर्मचारीको अभावले ढिलाइ : नियन्त्रक
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको प्रतिबद्धता छ– कुनै पनि संकाय र तहका परीक्षाको नतिजा तीन महिनाभित्र सार्वजनिक गर्ने । तर त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ६ महिना बित्नै लाग्दासम्म बीबीएस तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशन गर्न सकेको छैन ।
त्रिविमा सर्वाधिक विद्यार्थी व्यवस्थापन संकायमा छन् । तेस्रो वर्षको नतिजा गत मंसिरमै प्रकाशित भइसक्नु पर्थ्यो । पनिकाले बीबीएस चौथो वर्षको नतिजा गत वर्ष भदौमै सार्वजनिक गरेको थियो भने यसपटक कात्तिकमा मात्र प्रकाशन गर्न सकेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् ।
यस वर्ष स्नातक तहमा ४ लाख २८ हजार परीक्षार्थी छन् । संकायगत आधारमा व्यवस्थापनमा २ लाख ५० हजार, शिक्षाशास्त्रमा ७२ हजार, मानविकीमा ६५ हजार, विज्ञानमा २५ हजार र कानुनमा १६ हजार परीक्षार्थी छन् । स्नातकोत्तरमा पहिलो र दोस्रो वर्षका गरी ७० हजार छन् ।
स्नातकोत्तर तहमा यस वर्ष अन्तिमपटक राजनीतिशास्त्र र एमपीएमा प्राइभेट परीक्षामा २५ हजार सामेल छन् ।
‘परीक्षा नियन्त्रण कार्यालयको दरबन्दी २ सय २४ जनाको हो,’ जोशीले भने, ‘अहिले हामीसित १ सय ५२ जनामात्र कर्मचारी छन् । दक्ष प्राविधिक कर्मचारीको अभावले नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।’ दुई वर्षमा ४७ जना सेवानिवृत्त भए भने १८ जना सरुवा भए ।
त्रिवि डिन कार्यालयले आठ जना कर्मचारी परीक्षा नियन्त्रण कार्यालयमा सरुवा गरे पनि विषयगत दक्षता नहुँदाको असर नतिजा प्रकाशनमा परेको छ । ‘मैले कर्मचारीको अभाव र समस्याबारे रजिस्ट्रार कार्यालयमा जानकारी गराएको छु,’ स्नातक र स्नातकोत्तरको गोप्य शाखा समायोजन गर्दासमेत समस्या उस्तै रहेको उल्लेख गर्दै उनले भने, ‘आवश्यकताअनुसार दक्ष कर्मचारी उपलब्ध नभएसम्म यस्तै हो ।’
त्रिवि स्रोतका अनुसार परीक्षा नतिजामा ‘आर्थिक लेनदेन’ घटनामा अख्तियारले छापा मारेपछि परीक्षा नियन्त्रण कार्यालयमा जान अरू फाँटका कर्मचारी डराएका छन् । अख्तियारको कारबाहीयता स्वस्फूर्त पनिकामा जान कर्मचारी मानेका छैनन् । त्रिविले विश्व बैंकको सहयोगमा सुचारु उच्च शिक्षा परियोजनामा सन् २०२० सम्म सबै तहको परीक्षाको नतिजा तीन महिनाभित्र प्रकाशन गर्ने सहमति गरेको छ । विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली’ (ईएमआईएस) मा राख्ने कार्य लागू गरिसकेको छ ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखा दुई जना कर्मचारीको भरमा छ । पनिका जमलबाट बल्खुमा सरेको २० वर्ष पुगेको छ । सरेकै वर्ष माघमा पनिकाको कम्प्युटर शाखामा करारमा नियुक्त महमद उमरलाई त्रिविले अझै निरन्तर गेटकिपिङ जिम्मेवारी दिएको छ ।
दुई वर्षअघि उनले उमेरले ६३ वर्ष पुगेपछि अवकाश पाएका हुन् । ‘तर परीक्षाजस्तो संवेदनशील कामको निम्ति दिन–रात नभनी खट्न सक्ने जनशक्तिको अभावमा उहाँलाई पुनः दुई वर्ष करारमा लिएका छौं,’ नियन्त्रक जोशीले भने, ‘अहिले उहाँ र थप एक जनाको भरमा सम्पूर्ण काम भइरहेको छ ।’
त्रिविका नवनियुक्त रजिस्ट्रार प्राध्यापक पेशल दाहालले परीक्षा नियन्त्रण कार्यालयको समस्या चाँडै समाधान हुने दाबी गरे ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखा दुई जना कर्मचारीको भरमा छ । पनिका जमलबाट बल्खुमा सरेको २० वर्ष पुगेको छ । सरेकै वर्ष माघमा पनिकाको कम्प्युटर शाखामा करारमा नियुक्त महमद उमरलाई त्रिविले अझै निरन्तर गेटकिपिङ जिम्मेवारी दिएको छ ।
दुई वर्षअघि उनले उमेरले ६३ वर्ष पुगेपछि अवकास पाएका हुन् । ‘तर परीक्षाजस्तो संवेदनशील कामको निम्ति दिन रात नभनी खट्न सक्ने जनशक्तिको अभावमा उहाँलाई पुनः दुई वर्ष करारमा लिएका छौं,’ नियन्त्रक जोशीले भने, ‘अहिले उहाँ र थप एक जनाको भरमा सम्पूर्ण काम भइरहेको छ ।’
त्रिविका नवनियुक्त रजिष्ट्रार प्राध्यापक पेशल दाहालले परीक्षा नियन्त्रण कार्यालयको समस्या चाँडै समाधान हुने दाबी गरे ।
