राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

माघ ९, २०७६

रासस

काठमाडौँ — राष्ट्रियसभा सदस्यको बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । 

निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहीबार बिहान १० बजेदेखि अपरान्ह ४  बजेसम्म मतदान भएको थियो । 


मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ । 


निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । निर्वाचनको मतगणना प्रारम्भ भइ परिणाम आउन थालिसकेको छ । 

रासस

Link copied successfully