१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी

धनुषा — प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी

बिहीबार भएको राष्ट्रियसभा सदस्यका लागि भएको मतदानको मतपरिणामअनुसार नेकपा उम्मेदवार दाहाल निर्वाचित भएकी हुन् ।

नेकपा र राजपाकी संयुक्त उम्मेदवार दाहालले महिला सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन् ।

निर्वाचन कार्यालयका अनुसार दाहालले ५ हजार २०८ मत प्राप्त गरिन् भने यादवले हजार ७४० मत प्राप्त गरेकी थिइन् ।

यादव कांग्रेस र समाजवादी पार्टीकी उम्मेदवार हुन् ।

प्रकाशित : माघ ९, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?