प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी

माघ ९, २०७६

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।

बिहीबार भएको राष्ट्रियसभा सदस्यका लागि भएको मतदानको मतपरिणामअनुसार नेकपा उम्मेदवार दाहाल निर्वाचित भएकी हुन् ।

नेकपा र राजपाकी संयुक्त उम्मेदवार दाहालले महिला सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन् ।

निर्वाचन कार्यालयका अनुसार दाहालले ५ हजार २०८ मत प्राप्त गरिन् भने यादवले हजार ७४० मत प्राप्त गरेकी थिइन् ।

यादव कांग्रेस र समाजवादी पार्टीकी उम्मेदवार हुन् ।

कान्तिपुर

Link copied successfully