कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

राजपाका दोस्रो तहका नेताले भने- 'सरकारमा सामेल हुने भए संस्थागत निर्णय गर्नुस्' 

काठमाडौँ — राजपाका दोस्रो तहका ५ नेताले वर्तमान सरकारमा सामेल हुने विषयमा पार्टीमा संस्थागत निर्णय गरेर मात्रै अगाडि बढ्न सुझाएका छन् । 

राजपाका दोस्रो तहका नेताले भने- 'सरकारमा सामेल हुने भए संस्थागत निर्णय गर्नुस्' 

वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल र वृषेश चन्द्र लाल, उपाध्यक्षद्वय गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महामन्त्री विजयकुमार सिंहले संयुक्त वक्तव्य जारी गर्दै सरकारमा सहभागि हुनेजस्तो गम्भिर विषयमा राजनीतिक समिति र केन्द्रीय समितिमा छलफल गर्नु अत्यावस्यक रहेको बताएका छन् ।


अध्यक्ष मन्डलका संयोजकलाई सम्वोधन गर्दै जारी विज्ञप्तिमा पार्टीले उठाएका एजेन्डा पुरा नभइ सरकारमा जानु सहिदहरुको बलिदान र आन्दोलनकारीहरुको संघर्षको अपमान हुने उल्लेख छ । ‘संविधान संशोधन भईमधेसी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका मुद्दा सम्वोधन, रेशम चौधरीलगायत आन्दोलनकारीहरुमाथि लगाइएका मुद्दाहरु खारेज गरी तिनको रिहाई नहुञ्जेल, सरकारमा सामेल हुनु भनेको सैयौं सहिदहरुको बलिदान र आन्दोलनकारीहरुको संघर्षको अपमान हुने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।



उनीहरुले ६ पार्टीबीच एकीकरण भएर राजपा बन्नुको उद्देश्य बृहद राजनीतिक शक्तिको निर्माण मधेस आन्दोलनका मुद्दाहरुको सम्वोधननका लागि भएको नविर्सन पनि नेतृत्वलाई सचेत बनाएका छन् ।

प्रकाशित : माघ ७, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?