१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भिडियो कन्फरेन्सबाट विराटनगरको आईसीपी उद्घाटन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी(आईसीपी)को भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा मंगलबार शुभराम्भ गरेका छन् । 

भिडियो कन्फरेन्सबाट विराटनगरको आईसीपी उद्घाटन

प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट एकै समयमा चौकीको शुभारम्भ गरेका हुन् । सरकारलाई भारतले सो चौकी निर्माण सम्पन्न गरी मंगलबार हस्तान्तरण गरेको हो ।


विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १ सय २९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि सुरु भएको हो ।


विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।

प्रकाशित : माघ ७, २०७६ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?